२२ जेठ २०८३, शुक्रबार

अनुगमन टोली पुग्दा विराटनगरका फार्मेसी सञ्चालकको भागाभाग

फागुन १६, २०७५
अनुगमन टोली पुग्दा विराटनगरका फार्मेसी सञ्चालकको भागाभाग

विराटनगर- विराटनगरमा रहेको नोबेल अस्पताल बाहिरका फार्मेसीमा औषधि व्यवस्था विभागको टोली अनुगमन टोली पुग्दा फार्मेसीका संचालकहरु सटर नै बन्द गरेर भागेका छन् ।

सरकारी टोली अनुगमनमा पुग्दा नहर पूर्व सञ्चालनमा रहेका आधा दर्जन बढी फार्मेसीका संचालकहरु पसल नै बन्द गरेर भागेका हुन् ।

क्षेत्रीय कार्यालयबाट अनुगमनकालागि दुई जनाको टोली त्यहाँ पुगेको थियो । टोली देखेपछि ७ वटा फार्मेसीका सञ्चालकहरु भागेका थिए ।

बमभोले फार्मेसीले प्रकृया पुरा नगरी सञ्चालन गरेको उजुरी परेपछि अनुगमनकालागि फार्मेसी निरिक्षक दिपेन्द्र खड्का र फार्मेसी फाँटका कर्मचारी चर्तुभुज यादव त्यहाँ पुगेका थिए । अनुगमन टोली त्यहा पुगेको खबरले नहरपूर्व सञ्चालनमा रहेका फार्मेसीका सञ्चालकहरु सटर बन्द गरेर भागेको फार्मेसी निरिक्षक दिपेन्द्र खडकाले जानकारी दिए ।

अनुगमनकालागि पुगेको टोली देखेर पूजा फार्मेसी, रानी फार्मेसी, त्रिबेणी मेडिकल र बोर्ड समेत नराखेका चारवटा फार्मेसी सञ्चालक भागेका थिए ।

सटर खोल्न लगाउदा व्यवसायी उपस्थित नभएपछि तत्काल बन्द गरी दुई दिन भित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको खडकाले बताए । अनुगमन टोलीले पूजा फार्मेसी, रानी फार्मेसी र बमभोले फार्मेसीलाई बन्द गरी तत्काल उपस्थित हुन औषधी व्यवस्था विभागले निर्देशन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्