२३ असार २०८३, मंगलबार

भारत–पाक युद्धको जोखिम कम  तर, तनाव कायमै

फागुन १७, २०७५
भारत–पाक युद्धको जोखिम कम  तर, तनाव कायमै

काठमाडौं–भारत र पाकिस्तानबीच तत्काल युद्धको सम्भावना टरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका पाइलटलाई शुक्रबार रिहा गर्ने बताएका छन् । मंगलबार भारतीय विमानले पाकिस्ताननियन्त्रित कास्मिरमा बम वर्षा गरेको थियो । बुधबार पाकिस्तानले भारतीय विमान खसाएर वायुसेनाका विङ्स कमान्डर अभिनन्दन वर्तमानलाई पक्राउ गरेपछि दुई देशबीच युद्धको खतरा उत्पन्न भएको थियो । 

पाकिस्तानी प्रधानमन्त्रीले बिहीबार शान्तिका लागि आह्वान गर्दै ती पाइलटलाई मुक्त गर्ने बताए । पाइलटलाई शुक्रबार पन्जाबको वागा सीमानाकाबाट मुक्त गरेर घर फर्काइनेछ । 

यससँगै युद्धको खतरा टरेको विश्लेषकहरूले बताएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्