०४ असार २०८३, बिहीबार

सरकारी वकीललाई दशककै बढी सफलता

फागुन १७, २०७५
सरकारी वकीललाई दशककै बढी सफलता

काठमाडौं : सरकारी वकीलले फौजदारी कसुरका मुद्दामा दशकयताकै बढी सफलता पाएका छन्। महान्यायाधिवक्ता कार्यालयको यस वर्षको वार्षिक प्रतिवेदनले उक्त सफलता औंल्याएको हो। प्रतिवेदनले अदालत पुगेका फौजदारी कसुरका मुद्दामा ८४ दशमलव ५० प्रतिशत सफलता देखाएको छ।

०७४÷७५ को वार्षिक प्रतिवेदनअनुसार सरकारवादी मुद्दाहरूको संख्या २९ हजार २ सय ३० छ। सरकार प्रतिवादी भएको मुद्दामा सरकारी वकिलले जितेका मुद्दा ५८ हजार ५ सय ३९ छ। ‘यो सफलता करिब करिब दशकयताकै बढी हो,’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले भने, ‘मुद्दाको अनुसन्धान र अभियोजनमा सरकारी वकील र प्रहरीको समन्वयले पनि सफलता मिलेको हो।’ उनले सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनलाई वस्तुगत र वैज्ञानिक प्रमाणमा आधारित बनाउन अझै धेरै प्रयास गर्नुपर्ने बताए। अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्