२३ असार २०८३, मंगलबार

भियतनाम शिखर वार्ता विफल, अब अर्को वार्ता कहिले होला ?

फागुन १७, २०७५
भियतनाम शिखर वार्ता विफल, अब अर्को वार्ता कहिले होला ?

हनोइ– निकै महत्वकासाथ हेरिएको उत्तर कोरिया र अमेरिकाबीच दुई दिन सम्म भएको वार्ता बिफल भएको छ ।

दुवै मुलुक आआफ्नो अडानबाट पछि नहटेपछि वार्ता बिफल भएको घोषणा गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक अस्त्र त्याग्न उत्तर कोरियालाई गरेको प्रस्तावमा उत्तर कोरियाले भने आफूमाथि लागेको सबै नाकावन्दी फुकुवा नभएसम्म उक्त प्रस्तावको बारेमा सोच्न नसकिने अडान लिएपछि दुवै देशका नेताले बार्ता असफल भएको घोषणा गरेका थिए ।

वार्ता असफल भएपछि दुवै नेताले संयमता अप्नाएको देखिन्छ । एकले अर्कालाई गाली गरेनन् । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जङ अनले बार्ता विफल भएको मात्रै जानकारी दिदै भविष्यको वार्ताको बारेमा दुवैले केही पनि बताउन चाहेनन् । अहिले वार्ता विफल भयो । अर्को वार्ता कहिले हुन्छ वा हुँदैन हामी केही भन्न सक्दैनौं दुवै नेताले एकसाथ विश्वभरका हजारौ संचारकर्मीबीच उक्त घोषणा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्