२३ जेठ २०८३, शनिबार

भारत–पाक तनावले नेपाल आउने उडान प्रभावित

फागुन १७, २०७५
भारत–पाक तनावले नेपाल आउने उडान प्रभावित

काठमाडौं –जम्मु कश्मीर क्षेत्रमा बढेको तनावसँगै पाकिस्तानले आफ्नो आकाशबाट जहाज उड्न प्रतिबन्ध लगाउँदा नेपाल आउने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

 नागरिक उड्डयन प्राधिकरणका अनुसार खाडी मुलुकबाट आउने सबै जहाजको रुट परिवर्तन भएको छ । पाकिस्तानी आकाश प्रतिबन्धित भएपछि कतार, दुबईलगायत खाडी मुलुकबाट नेपाल आउने जहाजको हवाईमार्ग बदलिएको प्राधिकरणका एक अधिकारीले बताए ।

 नयाँ रुटअनुसार खाडी मुलुकबाट उडेका जहाज भारतको महाराष्ट्र हुँदै नेपाल आउन थालेको उनले जनाए । साबिक उडान तालिकाअनुसार खाडी मुलुकबाट नेपालका लागि उड्ने जहाज पाकिस्तान र अफगानिस्तानको पठार क्षेत्र हुँदै सिधै नयाँदिल्लीको आकाशमार्ग प्रयोग गरी त्रिभुवन विमानस्थल अवतरण गर्थे । ‘त्यो नेपालका लागि सबैभन्दा छिटो र मितव्ययी बाटो हो,’ ती अधिकारीले भने, ‘पाकिस्तानले भारत आउने जहाजलाई आफ्नो आकाशमा छिर्न नदिएपछि त्यो रुटबाट नेपाल आउने जहाज उड्न पाइरहेका छैनन्, नयाँ रुटले यात्रुलाई बढी समय, विमान कम्पनीलाई ज्यादा खर्च र प्रशासनिक भार थप गरिदिएको छ ।’ कान्तिपुर दैनिकले खबर छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्