०२ असार २०८३, मंगलबार

मल्ल र ऐरीको शानदार पारीमा नेपालले केन्यालाई ७ विकेटले हरायो

कात्तिक २०, २०७४
 मल्ल र ऐरीको शानदार पारीमा नेपालले केन्यालाई ७ विकेटले हरायो
काठमाडौं, ३० फागुन – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपालले केन्यामाथि सजिलो जित निकालेको छ । शनिवार भएको पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेलमा चाहिँ गतिलो जित निकाल्यो । नेपाल सात विकेटले विजयी भएको हो ।

कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीको शानदार पारीले केन्या माथि सजिलो जित निकालेको हो । मल्ल र ऐरीले एक सय ११ रनको साझेदारी गरे । ऐरी व्यक्तिगत ६२ रन बनाएर आउट भएका भने मल्ल अबिजित रहे ।

सुरुवाती ब्याट्सम्यानहरू सुनिल धमला र सागर पुन सस्तैमा आउट भएपनि मल्ल र ऐरीको जोडी जमिरह्यो । सोही जोडी जमेकै कारण आज नेपालले जित निकालेको हो । दुबै जनाले अर्ध शतक पूरा गरे । मल्ले ९३ बलमा ६४ रन हानेका छन् भने अन्तिममा आएका शरद भेषवाकरले २४ रन हानेका छन् ।

नेपालको कसिलो बलिङ र ब्याटिङले गर्दा केन्या मध्यम स्तरमै समेटिएको थियो । नेपालका शरद भेषवाकरले ४, बसन्त रेग्मी र महबुब आलमले २ र २, सन्दीप लामिछाने र सागर पुनले १ र १ विकेट लिएका हुन्। ७ ओभर बलिङ गरेका भेषावकरले २८ रन खर्चिएर ४ विकेट लिएका हुन्। त्यस्तै ७ ओभर नै बलिङ गरेका महबुबले ५ मेडन राख्दै २ विकेट लिएर जम्मा ११ रन खर्चिए।

८ ओभर बलिङ गरेका बसन्तले १ मेडन राख्दै २४ रन खर्चिएर २ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले ३५ रन खर्चिएर एक विकेट लिएका हुन्। त्यस्तै ७ ओभर बलिङ गरेका सागरले १९ रन खर्चिएर १ विकेट लिए। नेपालका बलरहरु सोमपाल कामी र शक्ति गौचनले भने विकेट लिन सकेनन्। २ ओभर बलिङ गरेका शक्तिले १३ रन खर्चिए भने ५ ओभर बलिङ गरेका सोमपालले एक मेडन राख्दै २४ रन खर्चिएका थिए।

salt training

कमेन्ट गर्नुहोस्