०२ असार २०८३, मंगलबार

आधारभूत तालिमबाट एक सय पैंतीस प्रहरी दीक्षित

फागुन १७, २०७५
आधारभूत तालिमबाट एक सय पैंतीस प्रहरी दीक्षित

विराटनगर – प्रदेश नं १ प्रहरी तालिम केन्द्र विराटनगरको १३६औँ समूहको प्रहरी जवान आधारभूत तालिमबाट १३५ जना प्रहरी आज दीक्षित भएका छन् ।

विसं २०७५ जेठदेखि सञ्चालित उक्त तालिममा १९ महिलासहित १३५ जनाले २१९ दिन संगठनको परिचय, सुरक्षा, प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान, शारीरिक व्यायाम तथा चाँदमारी र कवाजमा प्रशिक्षण पाएका थिए ।

सो अवसरमा प्रदेश नं १ का प्रहरी नायब महानिरीक्षक केदार रिजालले उत्कृष्ट हुने तालिमका सहभागीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्दै नागरिकलाई केन्द्रमा राखी राष्ट्रको सर्वोपरी हितमा कार्य गर्न निर्देशन दिए । तालिममा पुरुषतर्फ राजेन्द्र ताजपुरिया र महिलातर्फ लक्ष्मीकुमारी थारु उत्कृष्ट भएका थिए ।

यसैगरी चाँदमारीमा मोनराम राई शारीरिक व्यायाममा अजय राई, प्रहरीयुक्ति तथा कारबाहीमा आशिष लिम्बू र अध्ययनमा आदित्यमणि तिवारी प्रथम भए ।

तालिम केन्द्रको ५३औं वार्षिकोत्सवका अवसरमा विभिन्न खेलकुद कार्यक्रमको समेत आयोजना गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्