०३ असार २०८३, बुधबार

शिक्षितबाटै किन हुन्छ जातीय विभेद ?

कात्तिक २०, २०७४
शिक्षितबाटै किन हुन्छ जातीय विभेद ?
आजको नयाँ पत्रिका दैनिकमा राष्ट्रिय मानवअधिकार आयोगकी प्रबक्ता मोहना अन्सारी भन्छिन्- जो शिक्षित हुन्छ, उसलाई ‘मलाई कसैले छुन सक्दैन’ भन्ने दम्भ हुन्छ । राजनीतिदेखि सुरक्षा निकायसम्म पहुँच छ भन्ने घमण्ड हुन्छ । त्यसैले उनीहरू कानुनसँग नडराई खुलमखुल्ला विभेदमा उत्रने गर्छन् । अर्को कारण, जातीय विभेदको मुद्दाको राम्रो अन्त्य नभएर पनि हो । कानुनको सुनिश्चितता नै छैन । कानुन ठीकसँग कार्यान्वयन भएको छैन । त्यसैले पनि शिक्षितहरूबाट यस्ता घटना भइरहेका हुन् ।mohana

मानवअधिकारवादीले कुनै राजनीतिक दलको बिल्ला भिर्नु हुँदैन । यो मानवअधिकारको धर्म र मर्म हो । तर, मानवअधिकारवादी नै विभिन्न घटनामा राजनीतिक पूर्वाग्राही राखेर काम गरेकाले विवादमा आउने गरेका छन् । यसले काममा अप्ठ्यारो हुन्छ । यथार्थ कुरा यही हो ।

नेपालको संविधान र कानुनअनुसार नै हामीले काम गर्ने हो । हामीले गर्ने काममा राजनीतिक गन्ध आउनुहुँदैन । पछिल्लो समय जातीय विभेदमा उजुरी नलिने समस्या पनि छ । किन उजुरी नलिएको ? भन्दै हामीले पत्र पठाए पनि कुनै उत्तर आउँदैन । यस्ता विषयमा हामीले अन्तर्राष्ट्रिय मानवअधिकार सन्धि र नेपालको कानुनमै टेकेर काम गर्ने हो ।

salt training

कमेन्ट गर्नुहोस्