
तपाईलाई हतार भएको छ , तर मोबाइलमा चार्ज कम छ । यस्तो अवस्थामा तपाई छिटो मोबाइलमा चार्ज आवश्यक पर्छ । ब्याट्री चार्ज एकै पटकमा गर्न नसकिएपनि त्यसलाई चाडो गर्न भने सकिन्छ । त्यसका लागि केही उपायहरु अपनाउन आवश्यक छ ।
१. मोवाइललाई फ्लाइट मोडमा राख्ने
मोवाइललाई फ्लाइट मोडमा राख्दा सबै फङसन बन्द हुन्छन्। जसले गर्दा मोवाइल छिटो चार्ज हुन्छ । त्यति बेला कल, इन्टरनेट ब्राउजिङ, जीपीएस, इन्टरनल मोबाइल फङसनिङ जस्ता फिचर बन्द हुन्छन् ।
२. मोवाइल बन्द गर्नुस्
मोवाइ फोन अन गरेर चार्ज गर्दा बिग्रन्छ भन्ने भनाइ बहुप्रचारित भनाइ छ । तयो सत्य हाइन । सत्य के हो भने अफ गरेर मोबाइल चार्ज गर्दा चार्ज छोटो अवधिमै हुन्छ ।
३. युएसबी पोर्टमा चार्ज नगर्नु
मोबाइल फोन युएसबी पोर्टबाट ढिलो चार्ज हुन्छ । त्यस कारण विजुलीबाट चार्ज गर्दा छिटो हुन्छ ।
४. तापक्रममा ध्यान दिनुहोस्
धेरै तापक्रम ब्याट्रीको चार्ज टिकाइराख्नको लागि हानिकारक हुन्छ । धेरै चिसो र तातोका कारण ब्याट्री चाडै सकिने हुन्छ र बिग्रने समेत हुने हुँदा तातोबाट जोगाउन आवश्यक हुन्छ ।
५. आधिकारिक चार्जर प्रोगोग
सवै चार्जर एकै प्रकारका हुँदैनन् । फोनको आधिकारिक चार्जर प्रयोग गर्दा मोवाइल सुरक्षित हुन्छ । र यसबाट चार्ज पनि कम सययमै हुन्छ । अनधिकृत चार्जरले राम्रोसँग मोवाइल चार्ज नहुन पनि सक्छ । एजेन्सी