
लोकान्तर संवाददाता
काठमाडौं, ३० फागुन –राष्ट्रिय उपभोक्ता मञ्चले उपभोक्ता दिवस वहिष्कार गर्ने भएको छ । मञ्चले यही वुधवार मनाउन गइरहेको अन्तराष्ट्रिय उपभोक्ता दिवस बहिष्कार गर्ने घोषणा गरेको हो ।
खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्यवृद्विप्रति विरोध स्वरुप उपभोक्ता दिवस वहिष्कार गर्ने जनाएको छ । नेपाल आयल निगमले शनिवारदेखि खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्वि गरेको थियो ।
उपभोक्ता अधिकारको उपहास गर्दै खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्विका बीच उपभोक्ता दिवस मनाउनुको औचित्य नभएको मञ्चले जनाएको छ । उपभोक्ता दिवसको पूर्वसन्ध्याहमा खाना पकाउने ग्यासको मूल्य बढाउनु गैरजिम्मेवारीको पराकाष्टा भएको मञ्चको ठहर छ ।
संयुक्त राष्ट्र संघले उपभोक्ता अधिकार सम्बन्धी अधिनियम पारित गरेको दिनलाई सम्मरण गर्दै प्रत्येक बर्ष १९८५ देखि मार्च १५ तारिखलाई बिश्व उपभोक्ता अधिकार दिवसको रुपमा बिश्व व्यापी रुपमा मनाउने गरिएको छ ।
नेपाल सरकारले पनि सन् १९९० देखि राज्यस्तरमा नै मनाउंदै आएको छ