२३ जेठ २०८३, शनिबार

गृहमन्त्री निधि भारत प्रस्थान

कात्तिक २०, २०७४
गृहमन्त्री निधि भारत प्रस्थान


काठमाडौँ, ३० फागुन - आतङ्कवाद प्रतिवादसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आज भारततर्फ प्रस्थान गरेका छन् ।

इन्डिया फाउन्डेसनले आयोजना गरेको सो सम्मेलनको उद्घाटनमा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन यही मार्च १४, १५ र १६ गते भारतको नयाँ दिल्लीमा हुँदैछ । सम्मेलनमा भाग लिएर उनी शुक्रवार स्वदेश फर्कने छन् ।

भारततर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री निधिले नेपाल सबै किसिमको आतङ्कवादका विरुद्धमा रहेको उल्लेख गर्दै आतङ्कवादका विरुद्धमा एकअर्काको सहयोग आदानप्रदान गर्ने विषयमा छलफल हुने बताए ।

नेपाली काँग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको सहमतिमा सरकार बनेको उल्लेख गर्दै उनले मोर्चालाई सरकारसँग नटाढिन आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्