काठमाडौं, ३० फागुन– उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले आफू संविधान कार्यान्वयनमा सघाउन पुग्ने ठानेरै सरकारमा सहभागि भएको दाबी गरेका छन् ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनले आफू सत्ताको लागि मरिहत्ते गर्ने नेता नभएको दाबी गर्दै यदी त्यस्तो हुन्थ्यो भन्ने प्रधानमन्त्रीनै बन्ने अवसर पनि आउन लागेको थियो भने ।
थापाले आफूलाई शुभचिन्तकहरुले ७ दिनमात्रै पर्खिएको भए प्रधानमन्त्री हुने अवसर आउनेथियो भनेर भनेको उल्लेख गर्दै भने,‘हामीलाई सत्ताको कुनै लोभ छैन, निर्वाचन र संविधान कार्यान्वयनको लागि म सरकारमा सहभागी भएको हुँ।’
उनले आफूहरुको सहभागिताले प्रचण्ड सरकारलाई नैतिक बल पुगेको विश्वास दिलाए।