१४ असार २०८३, आइतबार

उत्तर कोरियाले रकेट प्रक्षेपण साइट पुनर्निर्माण गरिरहेको विश्लेषकहरूको दाबी

फागुन २२, २०७५
उत्तर कोरियाले रकेट प्रक्षेपण साइट पुनर्निर्माण गरिरहेको विश्लेषकहरूको दाबी

काठमाडौं – उत्तर कोरियाबाट आएका नयाँ भूउपग्रहीय तस्वीरहरूले नष्ट गर्ने भनिएको रकेट प्रक्षेपण साइटलाई पुनर्निर्माण गर्न लागेको देखाएको विश्लेषकहरूले बताएका छन् । 

अमेरिका र उत्तर कोरियाका शीर्ष नेताबीच निःशस्त्रीकरणका विषयमा कुनै सम्झौता नभइकनै वार्ता अन्त्य भएको दुई दिनपछि यी तस्वीरहरू लिइएका हुन् । 

तोङचाङ–री साइटलाई भूउपग्रह प्रक्षेपण र इन्जिन परीक्षणका लागि उपयोग गरिएको भए पनि ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणका लागि भने उपयोग गरिएको थिएन । 

यसलाई नष्ट गर्ने काम अघिल्लो वर्ष शुरू गरिएको भए पनि अमेरिकासँगको वार्ता अघि नबढेपछि रोकिएको थियो । 

प्योङयाङ र वाशिङटनबीच विश्वास निर्माणको वातावरण बनाउने उपायका रूपमा यसलाई नष्ट गर्ने प्रतिज्ञा गरिएको थियो । 

प्योङयाङले निःशस्त्रीकरणका लागि कदम नचालेमा उत्तर कोरियाले थप प्रतिबन्धको सामना गर्नुपर्ने अमेरिकाले चेतावनी दिएको छ । 

अनेकौं अमेरिकी थिंक ट्यांकहरूबाट प्राप्त भूउपग्रहीय प्रमाण र दक्षिण कोरियाको जासूसी सेवाको बयानबाट तोङचाङ–रीस्थित सोहाए साइटमा रहेको रकेट प्रक्षेपणस्थलमा रहेका संरचनाहरूको पुनर्निर्माणमा तीव्र प्रगति भइरहेको देखिएको छ । 

गत जुलाई महिनामा प्राप्त तस्वीरहरूमा उत्तरले साइट नष्ट गर्न थालेको देखिएको थियो ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्