१५ असार २०८३, सोमबार

अभिनन्दनको सुरक्षामा गएका थिए दुई विमान, गरेनन् पाकिस्तानमा आक्रमण

फागुन २३, २०७५
अभिनन्दनको सुरक्षामा गएका थिए दुई विमान, गरेनन् पाकिस्तानमा आक्रमण

काठमाडौं – पाकिस्तानी भूमिबाट फर्केका भारतीय विंग कमान्डर अभिनन्दनले डीब्रीफिङका क्रममा आफ्नो मिग–२१ विमानबाट पाकिस्तानी विमानलाई पछ्याउँदै आर७३ क्षेप्यास्त्रले पाकिस्तानको एक एफ–१६ विमानलाई खसाएको बताएका छन् । 

वायुसेनाका सूत्रहरूले पुष्टि गरेअनुसार, पाकिस्तानको उक्त विमान सीमामा खसेको अभिनन्दनले देखेका थिए । तर ठूलो प्रश्न के उठेको छ भने अभिनन्दनको सुरक्षामा पटि लागेका दुई विमानले पाकिस्तानी एफ १६ विमानलाई किन कुनै कारवाही गरेनन् ? 

इकोनोमिक टाइम्सका अनुसार, विंग कमान्डर अभिनन्दनको सुरक्षामा एक सुखोई ३० एमकेआई र मिराज २००० पनि थिए तर उनीहरूले दुश्मनलाई किन आक्रमण नगरेको भन्ने कुरा स्पष्ट छैन । आखिर भारतीय विमानसँग लामो दूरीको क्षेप्यास्त्र पनि थियो । 

यस विषयमा वायुसेनाले केही पनि स्पष्ट पारेको छैन । 

अघिल्लो हप्ता कश्मीरको नौशेरा सेक्टरमा भारत र पाकिस्तानका वायुसेनाबीच आकाशमा भिडन्त भएको थियो । केही पाकिस्तानी विमान भारतीय सीमामा घुसेपछि भारतीय वायुसेनाले लखेट्यो । 

अभिनन्दनको मिग २१ विमानमाथि प्रहार गरियो अनि उनी प्याराशूटको सहायतामा जमीनमा उत्रिए । त्यसपछि उनलाई पाकिस्तानी सेनाले हिरासतमा लिए । तर अन्तर्राष्ट्यि दबाब परेपछि उनलाई तीन दिनभित्रै पाकिस्तानले रिहा गर्‍यो । 

अभिनन्दनको डीब्रीफिङका विषयमा सूत्रलाई हवाला दिँदै अखबारले लेख्यो, ‘अभिनन्दनले पाकिस्तानको एक जेट विमानसँग भिडेको डीब्रीफिङमा बताए । उनले यसको सूचना ग्राउन्ड कन्ट्रोलरलाई दिए र पाकिस्तानको विमानमा आर७३ क्षेप्यास्त्र प्रहार गरे ।’

भारतीय वायुसेनाले एक आधिकारिक बयानमा पाकिस्तानको एफ १६ विमानबाट अभिनन्दनको विमानमा एएआईएम१२० एएमआरएएएम क्षेप्यास्त्रबाट प्रहार गरिएको बताएको थियो । सूत्रहरूका अनुसार, पाकिस्तानी विमानले

कम्तीमा चार क्षेप्यास्त्रबाट मिग २१ मा आक्रमण गरेपछि विंग कमान्डरले चलाखीका साथ कला देखाउँदै केही समयसम्म आफूलाई बचाए र शत्रुको एक एफ १६ विमान पनि खसाए । तर पछि मिग २१ विमानमा क्षेप्यास्त्र लागेपछि उनी प्याराशूटको सहायतामा तल झर्न बाध्य भए ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्