२३ असार २०८३, मंगलबार

कोइरालाकै थलो विराटनगरबाट देउवाको आक्रोश - 'शेखरले पार्टीभित्र रडाको मच्चाउने काम गरे'

फागुन २३, २०७५
कोइरालाकै थलो विराटनगरबाट देउवाको आक्रोश - 'शेखरले पार्टीभित्र रडाको मच्चाउने काम गरे'

विराटनगर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र रडाको ल्याउने काम शेखर कोइरालाले गरेको बताएका छन् । देउवाले विभिन्न कार्यक्रममा गएर जथाभावी बोलेपछि शेखरलाई आफुले जवाफ दिएको बताएका हुन् ।

विहीवार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरागर्दै देउवाले नेतृत्वमा कोइराला आउनै नपाउने, चुनावमा उठ्नै नपाउने कुरा आफ्नो नभएको बताउँदै जथाभावी बोल्दा आफुले जवाफ दिएको मात्र उल्लेख गरे । आफूले जथाभावी नबोल्न सम्झाए पनि उनले नटेरेको देउवाको देउवाको भनाई छ ।

सभापति देउवाले भने, ‘शेखरजीलाई मैले दुईपल्ट भेटेरै सम्झाएको थिएँ, यहीं पनि भनेको हुँ तर, उहाँ नरोकिएपछि जवाफ दिएको हुँ ।’

देउवाले पार्टीको १४ औं महाधिवेशन समयमै हुने बताए । आफू कार्यकाल लम्ब्याउने पक्षमा नरहेको स्पष्ट पार्दै देउवाले कसलाई सभापति बनाउने भन्ने  निर्क्यौल निर्वाचनले नै निकाल्ने भएकोले अहिले कुनै  टिप्पणी जरूरी नभएको बताए ।

चाक्सीबारी बैठकको बारेमा टिप्पणी गर्दै देउवाले साथीहरु बसेर जमघट गर्नु, छलफल गर्नु अनौठो नभएको जिकिर गरे । तर कोईरालालले जथाभावी बोलेपनि बोलेकै भरमा आनुशासनको कार्वाही भने नगर्ने देउवाको भनाइ छ । वाइडबडी विमान खरिदबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा देउवाले प्रधानमन्त्री ओली अहिले बिरामी भएकाले केही नबोल्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्