०९ साउन २०८३, शनिबार

काङ्ग्रेस बैठक चैत ४ गते बस्ने

फागुन २३, २०७५
काङ्ग्रेस बैठक चैत ४ गते बस्ने

काठमाडौं- नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ४ गते बस्ने भएको छ ।

बैठकमा पार्टीको विधानानुसार नियमावली निर्माण, पार्टीको निर्वाचन समिति गठनलगायत समसामयिक विषयमा छलफल तथा निर्णय हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । -रासस

salt training

कमेन्ट गर्नुहोस्