१८ असार २०८३, बिहीबार

संसदीय सुनुवाइमा नयाँ नजिर, अन्सारी स्वतः अनुमोदन

फागुन २४, २०७५
संसदीय सुनुवाइमा नयाँ नजिर, अन्सारी स्वतः अनुमोदन

काठमाडौँ – संसदीय सुनुवाइ समितिको अकर्मण्यताका कारण मुस्लिम आयोगका अध्यक्षमा सिफारिस समिम मियाँ अन्सारी शुक्रबार स्वतः अनुमोदित हुने भएका छन् । 

४५ दिनसम्म पनि अनुमोदन गर्ने या नगर्ने निर्णयमा समिति पुग्न नसकेपछि उनी स्वतः आयोग अध्यक्षका लागि योग्य बन्ने भएका हुन् । 

नेकपाभित्रको आन्तरिक विवाद तथा कांग्रेस र संघीय समाजवादी फोरमको समिति बहिष्कारको निर्णयले अन्सारीलाई स्वतः आयोग अध्यक्ष बन्ने बाटो खुलेको हो। यो संसदीय सुनुवाइको नेपालको अभ्यासमा नयाँ नजिर हो। कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्