१० साउन २०८३, आइतबार

रोकिएन ठगी धन्दा, माफियाको चँगुलमा फस्दै मेडिकल कलेज

फागुन २४, २०७५
रोकिएन ठगी धन्दा, माफियाको चँगुलमा फस्दै मेडिकल कलेज

काठमाडौं–चिकित्सक उत्पादन गर्ने शैक्षिक संस्थाहरू माफियाको चंगुलमा फस्दै गएको खबर आजको राजधानी दैनिकमा छापिएको छ । 

एमबीबीएस अध्यापन गराउने देशभरिका अधिकांश निजी मेडिकल कलेजले मनपरी शुल्क असुलेको पुष्टि भएपछि उनीहरूको ठगीको पर्दाफास भएको छ । यसरी मनपरी शुल्क असुलेर ठगी गर्ने मेडिकल कलेजका सञ्चालकलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रियासमेत अगाडि बढाएको छ । ठगी गरेको आरोपमा पोखरास्थित गण्डकी मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोषप्रसाद खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरी उनीहरूमाथि ठगी मुद्दा दायर गर्ने तयारी प्रहरीले गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी उत्तमराज सुवेदीले विद्यार्थीहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । प्रहरी प्रवक्ता सुवदीका अनुसार अन्य जिल्लामा पनि यस्ता कलेजले ठगी गरेको उजुरी आएको आधारमा त्यस्ता सञ्चालकलाई पक्राउ आवश्यक अनुसन्धान र छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने तयारी गरिएको छ ।

कलेजका सञ्चालक वा कसैले ठगी गरेको पुष्टि भएमा त्यसलाई एक वर्षदेखि १० वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्