०४ असार २०८३, बिहीबार

अख्तियारले थाल्यो समाजकल्याण परिषदको अनियमितता छानबीन

फागुन २४, २०७५
अख्तियारले थाल्यो समाजकल्याण परिषदको अनियमितता छानबीन

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाजकल्याण परिषद्मा भएका पछिल्ला अनियमितताबारे छानबिन थालेको छ ।
सरकारले केही समयअघि मात्रै समाजकल्याण परिषद्मा भएको अनियमिततासम्बन्धी सबै फाइलसहितको सरकारी प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको थियो । सोही प्रतिवेदनका आधारमा समाजकल्याण परिषद्मा भएको अनियमितताबारे छानबिन थालिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

सरकारले परिषद्मा भएको अनियमितताबारे पठाएको छानबिन प्रतिवेदनका आधारमा सम्बन्धित महाशाखामार्फत अनुसन्धान थालिएको प्रवक्ता दंगालले बताए ।

अख्तियारले परिषद्का तत्कालीन उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्य सचिव डिल्लीप्रसाद भट्ट र सदस्य इन्द्रकुमार झालगायतका पदाधिकारीसँग छिट्टै बयान लिने तयारी गरेको छ । उनीहरू सबै अख्तियारको छानबिनको घेरामा परेका छन् । राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्