
काठमाडौं- भारत प्रशासित कश्मीर र पुलुवामा भएको आत्माघाती आक्रमणपछि भारतले चरमपन्थीका विरुद्ध बालाकोटमा सैन्य कारबाही ग यो । उक्त सैन्य कारबाहीको विपक्षी पार्टीले प्रमाण मागि रहेका छन् ।
यसबीचमा अभिनेता अक्षय कुमारले भारतीय सेनाको विषयमा प्रश्न उठाउन नहुने प्रतिक्रिया दिएका छन् । आफ्नो फिल्म केसरीका विषयमा बीबीसीसँगको कुराकानीमा अक्षयले भने, ‘मलाई लाग्दैन कि कुनै प्रमाण माग्नुपर्छ र सेनामाथि प्रश्न उठाउन पर्छ।’
उनले आफ्नो आउँदै गरेको फिल्म शहीदलाई समर्पित गरेका छन् । उनले देशवासी जीउन सकुन भनेर नै शहीदले ज्यान दिएको बताए । उनले भने, ‘केसरी पनि २१ सिख सैनिक शहीदको कहानी हो जसले आफ्नो ज्यान दिएर हामीलाई सुरक्षित राखे ।’