२८ जेठ २०८३, बिहीबार

सीके राउत प्रकरणमा कांग्रेसको धारणा- शान्तिपूर्ण हल खोज्ने राष्ट्रिय प्रयत्न जायज

फागुन २४, २०७५
सीके राउत प्रकरणमा कांग्रेसको धारणा- शान्तिपूर्ण हल खोज्ने राष्ट्रिय प्रयत्न जायज

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमति सराहनीय रहेको बताएको छ ।

शुक्रवार सरकार र राउतबीच भएको सहमतिपश्चात कांग्रेसले विमतिहरूको शान्तिपूर्ण हल खोज्ने राष्ट्रिय प्रयत्न जायज भएको बताएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै ११ बुँदे सहमतिबारे आफ्नो धारणा राखेका हुन् । उनले ट्वीट गर्दै सिके राउतको रुपान्तरण र सम्झौता स्वागतयोग्य रहेको उल्लेख गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्