१९ असार २०८३, शुक्रबार

‘महिला हिंसा र असमानताका अवशेषविरुद्ध अझै पनि संघर्षको आवश्यकता छ’

फागुन २४, २०७५
‘महिला हिंसा र असमानताका अवशेषविरुद्ध अझै पनि संघर्षको आवश्यकता छ’

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवाल सदस्य वामदेव गौतमले महिला हिंसा र असमानताका अवशेषविरुद्ध अझै पनि संघर्षको आवश्यकता रहेको बताएका छन् । 

१०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक वक्तव्य प्रकाशित गरी नेता गौतमले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै नेपाली महिलाहरूले मुक्ति, समृद्धि र समानताको पक्षमा अभूतपूर्व विजय हासिल गरेका स्मरण गरेका हुन् । 

‘महान उपलब्धिका बाबजूद् हाम्रो समाजमा विभिन्न प्रकारका महिला हिंसा र असमानताका अवशेष बाँकी नै छन्, त्यसविरुद्ध अझै पनि संघर्षको आवश्यकता छ,’ गौतमले भनेका छन् । 

यस्तो छ वक्तव्य :

आज १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवस । संसारभरिका महिलाहरुको यस महान दिवसका उपलक्ष्यमा म नेपाल र संसाभरिका महिलाहरुको मुक्ति, समान अधिकार र समृद्धिका निम्ति संघर्षरत समस्त दिदीबहिनी तथा दाजुभाइमा हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछु ।

नेपालमा संचालित सामन्तवाद तथा साम्राज्यवादविरोधी संघर्षका दौरान महिला मुक्तिको विषय अत्यन्त संवेदनशील रुपमा अगाडि बढाइयो। त्यसकै परिणाम आज देशमॉ संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ र नेपाली महिलाहरुले मुक्ति, समृद्धि र समानताको पक्षमा अभूतपूर्व विजय हासिल गरेका छन् । संवैधानिक रुपले समान अधिकार, ३३ प्रतिशत आरक्षणको व्यवस्था र विधिको साशनसहित समृद्धिको बाटो सुनिश्चित गरिएको छ । 

उपरोक्त महान उपलब्धिका वावजुद हाम्रो समाजमा विभिन्न प्रकारका महिला हिंसा र असमानताका अवशेष बाँकी नै छन् । त्यसविरुद्ध अझै पनि संघर्षको आवश्यकता छ ।यस अवसरमा म फेरि पनि महिला माथिका हिंसा, विभेद, कुप्रथा र कूसंस्कारवाट हुने उत्पीड़नका विरुद्ध हुने संघर्षमा मेरो साथ सहयोग र ऐक्यवद्धता निरन्तर रहने प्रतिवद्ता प्रकट गर्दछु।  , 

वामदेव गौतम, 
केन्द्रीय सचिवालय सदस्य
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) 

salt training

कमेन्ट गर्नुहोस्