२८ जेठ २०८३, बिहीबार

अपहरणमा परेकी सांसद एक घण्टापछि प्रहरीको सम्पर्कमा

फागुन २४, २०७५
अपहरणमा परेकी सांसद एक घण्टापछि प्रहरीको सम्पर्कमा

धनगढी- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको समूहद्वारा अपरहणमा परेकी बझाङकी प्रदेश सभा सांसद देवकी मल्ल प्रहरीको सम्पर्कमा आएकी छन् । 

सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ल अपहरणमा परेको एक घण्टापछि सम्पर्कमा आएकी बझाङ प्रहरी कार्यालयका प्रहरी निरीक्षक नायक बहादुर साउदले जानकारी दिए । 

केन्द्रीय सदस्य बन्धु चन्दलाई गिरफ्तार गरेको आरोपमा विप्लव समूहले उनलाई अपहरण गरेको बताइएको छ । 

उनी तीन बजे अपहरणमा परेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्