०३ असार २०८३, बुधबार

हिन्दू राष्ट्रको पहिचान मेटेर अन्याय गरिएको राप्रपा नेता राणाको आरोप

फागुन २४, २०७५
हिन्दू राष्ट्रको पहिचान मेटेर अन्याय गरिएको राप्रपा नेता राणाको आरोप

बीरगंज – कम्युनिष्टहरुले विश्वको एक मात्र हिन्दु राष्ट्रको पहिचान मेटेर अन्याय गरेको राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शम्शेर जबराले आरोप लगाएका छन् ।

‘कम्युनिष्टहरु हिन्दु धर्म विरोधी हुन् । एउटा गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा होली वाइन खाने, होटलमा गएर तीन दिन बस्ने प्रधानमन्त्री अश्वमेघ यज्ञमा आएनन् । प्रधानमन्त्री मात्र होइन राष्ट्रपति पनि आएनन् । नेपाललाई संसारले हिन्दु राष्ट्र भनेर चिनेको थियो, त्यो पहिचान मेटेर कम्युनिष्टहरुले अन्याय गरेको छ,’ राणाले भने ।

अब हिन्दु राष्ट्र पूर्नस्थापना गर्न राप्रपा (संयुक्त) आन्दोलन गर्नेछ, प्रदेश नं २ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राणाले बताए ।

राष्ट्रपति दलगत रुपमा निष्पक्ष नरहने हुनाले निष्पक्ष राष्ट्र प्रमुखको रुपमा राजसंस्थाको आवश्यकता रहेको छ । पक्षपाती राष्ट्र प्रमुखबाट बहुदलीय प्रजातन्त्रको हित नहुने राणाको दावी थियो ।

सम्बोधन क्रममा राणाले राप्रपा (संयुक्त) ले एकता प्रक्रियालाई बृहत बनाउदै लैजाने बताए । उनले भने, ‘राप्रपा (संयुक्त) राप्रपाको मूलधार हो । राप्रपाका सबै भंगालो यसमा अब समाहित भएर सशक्त राष्ट्रवादी शक्ति बन्नेछ ।’

राप्रपा (संयुक्त) का अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले धर्म निरेपक्षको नाममा नेपालको मौलिक धर्म मास्ने काम भइरहेकोमा आपत्ति जनाए ।

‘पृथ्वीनारायण शाहले धर्म परिवर्तन गर्न आएका क्यापुचिन पादरीहरुलाई देश निकाला गरेपछि तीन सय वर्ष धर्म परिवर्तन गराउनेहरुले नेपालमा प्रवेश पाएका थिएनन् । तर धर्मनिरेपक्ष भए यता एकाएक गरिवीको फाइदा उठाउदै नेपालमा व्यापक धर्म परिवर्तन गरिदै छ,’ अध्यक्ष लोहनीले भने ।

नेपाली धर्म, सँस्कृति संरक्षण गर्ने सरकारको दायित्व हो । यो जिम्मेवारीबाट प्रधानमन्त्री पूर्ण रुपमा चुकेको लोहनीको भनाई थियो । ‘दुखका साथ भन्नुपर्छ, प्रधानमन्त्री होली वाइन खान जानुभयो तर बीरगंजमा आयोजित अश्वमेघ यज्ञमा सहभागी हुनुभएन । के उहाँले विदेशी स्वार्थलाई प्रश्रय दिन खोज्नु भएको हो ? धर्म निरपेक्ष भनेको नेपाली, धर्म सँस्कृति मास्ने व्यवस्था हो ?’

हिमाल, पहाड, तराईका सबै जनताले मान्ने, स्वीकार्ने साझा संस्था चाहिएको अध्यक्ष लोहनीले दावी गरे । ‘हामीलाई जोड्ने संस्था चाहिएको छ । परिवर्तनलाई सकारात्मक मोड दिन त्यो संस्थाको आवश्यक्ता छ । नेपाली कांग्रेसका राष्ट्राध्यक्षले नेपाली कांग्रेसलाई हेर्ने, नेकपाका राष्ट्राध्यक्षले नेकपालाई हेर्ने भएको कारण आम नेपालीलाई एकसुत्र बाँध्ने राजसंस्था चाहिएको छ,’ उनले भने ।

‘नर्वे, जापान, बेलायन, डेनमार्क जस्ता विश्वका सबैभन्दा सम्पन्न, धनी, प्रजातन्त्रवादी देशहरुमा राजसंस्था छ । के ती देशहरु पच्छगामी छन् ?’ लोहनीले प्रश्न गरे ।

५१ जना पार्टी प्रवेश 
राजपा, नेकपा र राप्रपा परित्याग ‘राप्रपा (संयुक्त) मा प्रवेश गर्ने ५१ जनाले अध्यक्षद्वय राणा र लोहनीले स्वागत गरे । पार्टी प्रवेश गर्ने राजपाका क्षेत्रीय अध्यक्ष रामधोनी यादव लगायत थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्