१४ असार २०८३, आइतबार

श्रम कानून फेर्दै मलेसिया

फागुन २५, २०७५
श्रम कानून फेर्दै मलेसिया

काठमाडौं– मलेसियाले श्रम कानून हेरफेरका अन्तिम तयारी गरेको छ । मलेसिया सरकारले विदेशी कामदारको सही व्यवस्थापन गर्न भर्ना प्रक्रिया, सेवा सुविधा, सुरक्षालगायतमा आधारित ६४ वर्षे पुरानो रोजगारसम्बन्धी ऐन (१९५५) परिवर्तन गर्न लागेको हो ।

यसमा उल्लिखित कतिपय ऐन सात वर्षअघि संशोधन गरिएको थियो । उक्त प्रस्तावित ऐन पारित भई लागू भए नयाँ कामदार भर्नासमेत सोहीबमोजिम गर्ने तयारी मलेसिया सरकारले गरेको छ । १६२ पृष्ठको उक्त ऐनमाथि अध्ययन गर्न र सरोकारवालासँग छलफल गरी विदेशी कामदार व्यवस्थापनबारे नीति निर्माणमा सघाउन सरकारले गत वर्षको अक्टोबरमा एक स्वतन्त्र परामर्श समितिसमेत गठन गरेको थियो ।, कान्तिपुरमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्