०१ असार २०८३, सोमबार

क्लब ९९ मा लागेको आगो सवा घण्टापछि नियन्त्रणमा

फागुन २५, २०७५
क्लब ९९ मा लागेको आगो सवा घण्टापछि नियन्त्रणमा

चिप्लेढुङ्गा-पोखराको लेकसाइड हल्लनचोकस्थित क्लब ९९ मा लागेको आगो नियन्त्रणमा आएको छ । सोही क्लबको तल्लो तलामा रहेको बर्गर बेकरीमा ग्यास चुहिएर सिलिण्डर पड्कँदा आगलागी भएको प्रहरीले जनाएको छ । 


स्थानीयवासीका अनुसार शुक्रबार राति ९ बजे लागेको आगो झण्डै सवा घण्टापछि दमकल, नेपाल प्रहरी एवं स्थानीयवासीको प्रयासपछि नियन्त्रणमा आएको हो । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्