०६ असार २०८३, शनिबार

मन्त्री अधिकारीको निधनपछि प्राधिकरणको कडाइ : ९ हेलिकप्टरका १३ वटा सिट निकालियो

फागुन २५, २०७५
मन्त्री अधिकारीको निधनपछि प्राधिकरणको कडाइ : ९ हेलिकप्टरका १३ वटा सिट निकालियो

काठमाडौं– गत १५ फागुनमा ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टर  सेवा सञ्चालनसम्बन्धी नयाँ व्यवस्था गरेको छ । 
नयाँ व्यवस्थाअनुसार अब हेलिकप्टरमा बढीमा ६ वटा सिटमात्रै हुनेछ । 
यसअघि ७ जनासम्म बस्न पाउने व्यवस्था थियो । 
नयाँ व्यवस्थाअनुसार हाल सञ्चालनमा रहेका विभिन्न ९ वटा हेलिकप्टरबाट १३ वटा सिट निकालिएको प्राधिकरणले जनाएको छ। राजधानी दैनिक दैनिकमा प्रकाशित  समाचारको सार हामीले यहाँ प्रस्तुत गरेका हाै‌ ।

salt training

कमेन्ट गर्नुहोस्