११ साउन २०८३, सोमबार

‘रविन्द्रलाई निर्दोष भनेर फैसला गर्ने प्रम न्यायाधीश हो ?’ डा. शेखर कोइराला

फागुन २५, २०७५
‘रविन्द्रलाई निर्दोष भनेर फैसला गर्ने प्रम न्यायाधीश हो ?’ डा. शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वाइडबडी खरिद प्रकरणमा रविन्द्र अधिकारी निर्दोष छन् भन्ने अभिव्यक्ति दिएर प्रधानमन्त्रीले सर्बसत्तावादी शासन व्यवस्थाको झल्को दिएको बताएका छन् । ‘रविन्द्र अधिकारीको अन्त्यष्टी नहुँदै उनी निर्दोषी भनेर फैसला गर्ने प्रम न्यायधिस हो ? त्यो अधिकार उहाँलाई कसले दियो ?’ प्रजातन्त्रवादी प्राध्यापक संघले गण्डकी प्रदेशले शुक्रबार गरेको कार्यक्रममा उनले भने, ‘चाहे जतिसुकै ठूला नेता हुन् वाइडबडी, बुडीगण्डकी अथवा एनसेल प्रकरणमा दोषी छ भने कानूनी कठघरामा ल्याइनुपर्छ । पदमा बसेकोले जथाभावी जे मन लाग्यो बोल्दै हिंड्न मिल्दैन ।’

पोखरामा भएको ‘समसामयिक राजनीतिमा देखापरेका जटिलता र निराकारणका उपाय’ बिषयक अन्तरक्रियालाई सम्बोधन गर्दै डा. कोइरालाले समयमै पार्टीको १४औं महाअधिवेशन गरिनुपर्ने बताए । महाधिवेशन गर्न जती ढिला गर्यो त्यती पार्टी कमजोर हुने उनको भनाइ छ । 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले विधानअनुसार हिंड्न नसकेकाले पार्टी संकटमा पुगेको बताए । घिमिरेले ३२ बर्षे उमेर हद लगाएर नेविसंघको केन्द्रीय समिति बनाइनुपर्ने धारणा राखे । 
कार्यक्रममा कांग्रेस पूर्वआमन्त्रित केन्द्रीय सदस्य शुक्रराज शर्मा, पूर्वमन्त्री यज्ञबहादुर थापा, सांसद लालकाजी गुरुङ, कास्की कांग्रेसका नेताहरू देवराज चालिशे, सोभियतबहादर अधिकारी, शारदा पौडेल, सुदिपमोहन भट्टराई, प्रा.डा. कुश्माकर न्यौपाने लगायतले बोलेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्