
सुर्खेत - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शनिवार सुरक्षा व्यवस्था कडा पारिएको छ । सरकारका गृहमन्त्री रामबहादुर थापा बादल सुरक्षा गोष्ठीमा सहभागी हुन वीरेन्द्रनगर आएका कारण सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको हो ।
सुर्खेत विमानस्थलदेखि शुभ होटलसम्म हरेक सय मिटरमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मी व्यापक मात्रामा परिचालन गरिएपछि स्थानीयले भने सास्ती पाएका छन् ।