काठमाडौँ -करीब २ हजार ५ सय जनसंख्या भएको अमेरिकाको दक्षिणी किनारामा अवस्थित एक सानो सहर 'फेयर हेवन' मा एउटा बाख्रोलाई मेयर पदमा जिताइएको छ । लिंकन नाम दिइएको उक्त बाख्रो ३ वर्ष उमेरको रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् । लिंकनले १५ जना अन्य जनावरसँग प्रतिस्पर्धा गरेर मेयरको चुनाव जितेको हो ।
फेयर हेवनमा मेयर निर्वाचित हुने प्रावधान थिएन । तर 'टाउन म्यानेजर'का रूपमा जोसेफ गन्टर कार्यरत छन् । उनले मेयरले जस्तै काम गर्छन् । टाउन म्यानेजर निर्वाचित प्रतिनिधि होइनन् ।
'लिंकन एक स्कूल शिक्षकको बाख्रो हो,' टाउन म्यानेजर जोसेफले भने, 'एक वर्षका लागि निर्वाचित भएको लिंकनले सहरका विभिन्न कार्यक्रममा अतिथिको भूमिका निभाउनेछ । त्यो सँगै 'स्मृति दिवस'को परेडमा पनि सहभागी हुनेछ । जनावरलाई मेयर बनाउने आइडिया आफ्नै रहेको जोसेफले बताए ।
मेयरका लागि १५ जनावरले प्रतिस्पर्धा गरेका थिए, तिमध्ये अधिकांश कुकुर र बिराला पनि थिए । 'जम्मा ५३ मतदाताले मतदान गरे,' जोसेफ भन्छन्, 'तर लोकतन्त्र अभ्यासको यो पहिलो प्रयास हो ।'