०२ असार २०८३, मंगलबार

एमाले कार्यकर्ता बोकेको बसमा मोर्चाका कार्यकर्ताद्वारा आक्रमण

कात्तिक २०, २०७४
एमाले कार्यकर्ता बोकेको बसमा मोर्चाका कार्यकर्ताद्वारा आक्रमण
काठमाडौं, १ चैत – मेची महाकाली अभियान अन्तर्गत एमालेले आज नेपालगञ्जमा आयोजना गर्न लागेको कार्यक्रम मधेशी मोर्चाका कार्यकर्ताले विथोल्ने कोशिश गरेका छन् ।

उनीहरूले एमाले कार्यकर्ता बोकेको भे १ ख २०४२ नम्बरको बस जलाउने कोशिश गरेका थिए । तर प्रहरीले बस जलाउन दिएको छैन । तर मोर्चा कार्यकर्ताले बसका केही सिटमा चाहिँ तोडफोड गरेर क्षति पु¥याएको बाँकेका एसपी विरेन्द्र बस्यालले बताए ।

बाँके बन्दको आह्वान गरिएको भएपनि बस चलाएको भन्दै मोर्चाका कार्यकर्ताले आक्रमण गरेका हुन् । तर बजारमा मोर्चाले आयोजना गरेको बन्दको प्रभाव परेको छैन । एमालेले गाउँगाउँबाट बसमा कार्यकता बोकेर नेपालगञ्ज ल्याएको छ ।
सभालाई मध्यनगर बाँके र बाँके प्रवेश गर्ने नाकाहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सभालाई अवरोध गर्ने उद्देश्यले मधेसी मोर्चाले बन्द आयोजना गरेको भएकाले पनि जिल्ला भित्र टोलटोल र नाकामा सशस्त्र तथा जनपद प्रहरीको परिचालन गरिएकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले कुनै अप्रिय घटना नहोस् भन्नका लागि प्रहरीले सजगता अपनाएको जानकारी दिएको छ ।
सभामा सहभागिताका लागि गाउँगाउँबाट मानिसहरु नेपालगन्ज प्रवेश गर्न सुरु गरेका छन् । सडक विभागको मैदानमा हुन लागेको सभामा आज एमालेका केन्द्रीय अध्यक्ष केपी ओली, माधव नेपाल, वामदेव गौतम लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभालाई सफल र भव्य बनाउन एमालेले विगत १ महिनादेखि घरदैलो अभियान सञ्चालन गरिरहेको छ । त्यसक्रममा स्थानीय तहको निर्वाचनको प्रचारलाई समेत एमाले बाँकेले व्यापकता दिंदै आएको छ । सभामा एमालेले ५० हजार बढी जनता सहभागिता हुने दाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्