
काठमाडौं– नेपाल प्रहरीमा शारीरिक तन्दुरुस्तीको अभावका कारण सुरक्षा चुनौती थपिएको छ । प्रहरी जवानदेखि उच्च अधिकारीसम्मको भुँडी र तौल बढेको भन्दै शारीरिक तन्तुरुस्ती कायम राख्नुपर्ने बहस प्रहरी संगठन भित्र तीव्र रुपमा चल्न थालेको छ ।
यसअघि समेत पटक पटक यो विषयमा प्रहरीभित्र उठ्ने गरेको थियो । यसका लागि विभिन्न समयमा विभिन्न अभियान सञ्चालन गरिए पनि त्यो प्रभावकारी हुन सकेको देखिएन । यो तथ्यलाई प्रहरीले समेत स्वीकार गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवदीका अनुसार अन्य दुई सुरक्षा निकायको तुलनमा प्रहरी संगठनमा महत्वपूर्ण मानिने शारीरिक तन्दुरुस्तीको अभाव देखिएको छ । देशका विभिन्न भागमा सानासाना इका तथा युनिटका रुपमा छरिएर रहेका प्रहरीका कारण संगठनमा यस्तो अवस्था निम्तिएको हो ।, राजधानीमा खबर छ ।