काठमाडौं- नेपाल र भारतका अधिकारीबीच जल यातायातका लागि तीनवटा रुट सिफारिस गर्ने सहमति भएको छ । जल यातायातका सम्भावनासम्बन्धी नेपाल–भारतबीचको दोस्रो बैठकले यस्तो सहमति गरेको हो ।
कालकाता/हल्दिया साहेवगञ्जबाट जोगवनी हुँदै विराटनगर रोड र जोगवनी हुँदै विराटनगर तथा कोलकाता/हल्दियावारी–कालुघाटबाट रेक्सोल विराटनगर रुटलाई सिफारिस गर्ने निर्णय बैठकले गरेकाे छ ।
सन् १९९९मा भएकाे पारवहन सन्धिमा उल्लेखित बुँदा संशाेधन गर्दै भारतले गंगा नदीमा विकास गरिरहेकाे जल यातायातबाट नेपालले लाभ लिनसक्ने गरी तीन वटा रुट संलग्न गर्न सिफारिस गर्ने निर्णय बैठकले गरेकाे हाे । पारवहन सन्धिमा अध्ययन गरी संशाेधनका लागि चार रुट पनि सिफारिस गरिएकाे छ ।, कारोबारमा खबर छ।