
काठमाडौं- आइतवार सुनचाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले वृद्धि भई ६० हजार ५ सयमा कारोबार भइरहेको छ ।
तेजावी सुन तोलाको ६० हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
चाँदी आज तोलामा १० ले बढेर ७४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।