२८ जेठ २०८३, बिहीबार

विखण्डनका कुरा उठाउने दल मूलधारमा आउनु सकारात्मक : कांग्रेस नेता पाण्डे

फागुन २६, २०७५
विखण्डनका कुरा उठाउने दल मूलधारमा आउनु सकारात्मक : कांग्रेस नेता पाण्डे

गोरखा- राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले विखण्डनको कुरा गर्ने राजनीतिक दल मूलधारमा आउनु सकारात्मक भएको बताएका छन् । नेपाल प्रेस युनियन गोरखा शाखाले आइतवार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरामा जोड दिँदै संविधान बिरोधी कुरा गर्नेे दल नै संविधानबमोजिम राजनीतिक क्रियाकलाप अपनाउँछु भन्नु सकारात्मक भएको उल्लेख गरे ।  

सीके राउतसँग भएको सम्झौताको आधिकारिक धारणा सरकारले सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै नेता पाण्डेले भने, 'सरकारसँग भएका सम्झौताका बुँदा र नेता राउतले ट्विट गर्नुभएको कुराले मेल नखाएको र फरक/फरक धारणा आउँदा त्यसले विवाद सिर्जना गर्छ ।' नेपाली कांग्रेसमा महाधिवेशनको चर्चाबारे पत्रकारको जिज्ञासामा उनले पार्टीभित्रका केही नेताले विज्ञप्ति निकाल्दैमा विशेष महाधिवेशन नहुने बताए । नेपाली कांग्रेसमा अहिले चाहिनेभन्दा बढी लोकतान्त्रिक अभ्यास हुने गरेको छ तर त्यसले पार्टीलाई फाइदा नपुग्ने नेता पाण्डेको भनाइ थियो । 

विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ, हामीसँग अझै एकवर्ष समय बाँकी समय छ तर महाधिवेशनका लागि अनि हतारो किन भन्दै उनले सानो एजेण्डामा पनि वक्तव्यबाजी गर्ने कार्यशैलीले पार्टीमा विभाजनको रेखा कोरिने भएकाले यस्तो प्रवृत्ति अपनाउनु राम्रो होइन भने । 

salt training

कमेन्ट गर्नुहोस्