२८ असार २०८३, आइतबार

विकासका लागि विदेशी सहयोग र लगानी आवश्यक छ : प्रधानमन्त्री ओली

फागुन २६, २०७५
विकासका लागि विदेशी सहयोग र लगानी आवश्यक छ : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनीतिक सङ्घर्ष पूरा गरी विकासको बाटामा लागेकाले विकास प्रयासमा मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाको सहयोग आवश्यक भएको बताएका छन् ।

नेपाल जाइका एलमुनाई एशोसिएशनद्वारा आइतवार राजधानीमा आयोजित ४५ औं वार्षिक कार्यक्रममा उनले भने, 'हामीलाई विकास चाहिएको छ, हाम्रो एक्लो प्रयासले मात्र पर्याप्त हुँदैन, त्यसैले मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाका प्रयासलाई विकासमा जोडेर अघि बढाउनुपर्छ ।' 

नेपालको विकासका विदेशी लगानी र सहयोग जुटाउन सरकारले निकट भविष्यमै काठमाडौंमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न लागेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले विकासका लागि विदेशी सहयोग, सहकार्य र लगानी आवश्यक छ भने ।  

नेपाल र जापानबीचको दशकौंं लामो ऐतिहासिक कूटनीतिक सम्बन्धले शिक्षा, स्वास्थ्य पूर्वाधार निर्माणलगायत क्षेत्रमा सहयोग आदानप्रदान भइरहेको उल्लेख गर्दै उनले विगतमा नेपाल राजनीतिक समस्याको चक्रब्यूहमा रहँदा पनि जापानले गरेको सहयोगको प्रशंसा गरे ।  

दोस्रो विश्वयुद्धताका जापानका हिरोसिमा र नागासाकी शहरमा भएको दुःखद घटना विश्वका लागि अन्तिम दृष्टान्त बनोस् र इतिहासमा फेरि नदोहोरियोस् भन्ने कामना गर्दै उनले भने, 'हामी सदैव शान्तिको पक्षमा छौंं, जापानले शहर खरानी भएको दुःखद् ठाउँबाट उठेर फेरि एउटा असाधारण विकास गरेको छ, हामी जापानबाट प्रविधि हस्तान्तरण चाहन्छौं ।' 

करीब ४४ वर्षअघि स्थापित एशोसिएशन जाइकामार्फत जापानमा गई अध्ययन, तालीम र भ्रमण पूरा गरी फर्केका विभिन्न क्षेत्रका पेशागत र व्यावसायिक व्यक्ति संलग्न गैरराजनीतिक र गैर नाफामूलक सामाजिक संस्था हो । यसले जापानी राजदूतावास र जाइका नेपालसँग निकटतम सम्बन्ध राखी नेपाल जापानबीचको मित्रतालाई सुदृढ बनाउँदै विभिन्न कार्यक्रम गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्