मुम्बई – अमिताभ बच्चनले शाहरुख खान, अजय देवगन, अक्षय कुमार, ऋतिक रोसन लगायतका हस्तीसँग अभिनय गरिसकेका छन् । आमिर खानसँग भने पहिलोपटक स्क्रीन शेयर गर्न लागेका छन् ।
आमिर खान आफैमा पनि चुजी कलाकार मानिन्छन् । धेरै कम मात्र फिल्म खेल्ने कलाकार मानिन्छन् । यसपटक भने आमिर खान अर्का अभिनेता अमिताभ बच्चनसँग देखिँदैछन् ।

विजय कृष्ण आचार्यको निर्देशनमा बन्न लागेको चलचित्रमा यी दुईले एकसाथ अभिनय गर्दैछन् । त्यो पनि बाबु छोराको भूमिकामा । भारतीय सञ्चारमाध्यमका अनुसार दुवैको भूमिका महत्वपूर्ण छ । दुवैले अभिनय गर्ने चलचित्र 'ठग्स अफ हिन्दुस्तान' रहनेछ ।
-एजेन्सीको सहयोगमा