०४ असार २०८३, बिहीबार

प्रदेश र स्थानीय तहमा आधा पनि भएन समायोजन

फागुन २७, २०७५
प्रदेश र स्थानीय तहमा आधा पनि भएन समायोजन

काठमाडौं–कर्मचारी समायोजन अन्तिमचरणमा पुग्नै लाग्दा प्रदेश र स्थानीय तहमा आवश्यक जनशक्तिको समायोजन आधा पनि हुनसकेको छैन ।

संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म ५३ हजार ६ सय १२ कर्मचारी समायोजन भइसकेको छ । ती कर्मचारीमध्ये संघमै समायोजन हुनेको संख्या ३४ हजार ७ सय ६३ जना रहेका छन् । संघमा ४७ हजार ९ सय २० कर्मचारी रहेकोमा संघमा नै फाजिलमा १ हजार ९४ जना कर्मचारी रहेका छन् ।

सरकारले प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गर्ने गरी नयाँ दरबन्दी सिर्जना गरेको थियो । तर अहिलेसम्म प्रदेश र स्थानीय तहमा भनेजस्तो कर्मचारी समायोजन हुन सकेको छैन । नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्