
झापा– झापा गोल्डकप फुटबलको उपाधिका लागि सोमबार प्रतिस्पर्धा हुँदैछ । उपाधिका लागि विभागीय टिम नेपाल आर्मी र आयोजक झापा–११ बीच प्रतिस्पर्धा हुन लागेको हो ।
विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा दिउँसो दुई बजेपछि हुने खेलमा दुवै टिमले आफूले उपाधि जित्ने दाबी गरेका छन् । आर्मी र झापा तेस्रो पटक झापा गोल्डकपको उपाधिका लागि भिड्न लागेका हुन् ।
आर्मी दुई पटकको उपाधि बिजेता टिम हो भने झापाले यसअघिका तीनवटै संस्करणमा फाइनल पुगेर पनि उपाधि जितेको छैन् । सेमिफाइनलमा झापाले थ्रीस्टारलाई र आर्मीले क्यारुनी क्लब दाउफिन्स एफसीलाई क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।