०६ असार २०८३, शनिबार

यस्तो देखियो नेपालगञ्जमा एमालेको मेची महाकाली अभियान (फोटो फिचर)

कात्तिक २०, २०७४
यस्तो देखियो नेपालगञ्जमा एमालेको मेची महाकाली अभियान (फोटो फिचर)
नेपालगञ्ज, १ चैत - एमालेको मेची महाकाली अभियान अन्तर्गत आज बाँकेको नेपालगञ्जमा आम सभा भइरहेको छ । गाउँ गाउँका कार्यकर्ताहरु नेपालगञ्जमा भेला पारिएका छन् । सभालाई मध्यनगर बाँके र बाँके प्रवेश गर्ने नाकाहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सभालाई अवरोध गर्ने उद्देश्यले मधेसी मोर्चाले बन्द आयोजना गरेको भएकाले पनि जिल्ला भित्र टोलटोल र नाकामा सशस्त्र तथा जनपद प्रहरीको परिचालन गरिएकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले कुनै अप्रिय घटना नहोस् भन्नका लागि प्रहरीले सजगता अपनाएको जानकारी दिएको छ ।


सभामा सहभागिताका लागि गाउँगाउँबाट मानिसहरु नेपालगन्ज प्रवेश गर्न सुरु गरेका छन् । 



सभालाई सफल र भव्य बनाउन एमालेले विगत १ महिनादेखि घरदैलो अभियान सञ्चालन गरिरहेको छ । त्यसक्रममा स्थानीय तहको निर्वाचनको प्रचारलाई समेत एमाले बाँकेले व्यापकता दिंदै आएको छ ।

सभामा एमालेले ५० हजार बढी जनता सहभागिता हुने दाबी गरेको छ । आज सभा अघि एमालेले बाँकेबाट ११ बजे बृहत र्याली आयोजना गरिएको एमाले नगर अध्यक्ष दत्तप्रसाद आचार्यले जानकारी दिएका छन् ।




- तस्वीर नेपालगञ्जन्यूजबाट समेत

salt training

कमेन्ट गर्नुहोस्