२४ जेठ २०८३, आइतबार

युवालाई स्वदेशमै श्रम गर्ने वातावरण सिर्जना गर्ने अभियानमा लागेका छौं : मन्त्री विष्ट

फागुन २७, २०७५
युवालाई स्वदेशमै श्रम गर्ने वातावरण सिर्जना गर्ने अभियानमा लागेका छौं : मन्त्री विष्ट

बुटवल- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली युवालाई स्वदेशमा नै श्रम गर्ने वातावरण बनाउने अभियानमा आफू जुटेको बताएका छन् । 

मन्त्रालय र रूपन्देही उद्योग संघको आयोजनामा सोमवार रूपन्देहीको तिलोत्तमामा आयोजित सामाजिक सुरक्षा योजना सम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री विष्टले अभियानको शुरूआत योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू रहेको बताएका हुन् ।

उनले राज्यले देशमै उद्यमशिलता विकास गरी रोजगारी खोज्दै विदेश जाने युवाहरूलाई स्वदेशमै उद्यमी बनाउने गरी काम अगाडि बढाएको बताए । 

उद्योगी व्यवसायीले दक्ष जनशक्ति नपाउने र युवा विदेश गई रहने अवस्था न्यूनीकरण गर्न योगदानमा आधारित सुरक्षा योजना ल्याएको बताए । 

मन्त्री विष्टले श्रमिकलाई मात्र नभई उद्योगको उत्पादकत्व बढाउन, श्रमिकको स्थायित्व गर्न र उत्पादन लागत घटाउन योजनाले सहयोग पुर्‍याउने दाबी गरे ।

कार्यक्रममा उद्योगीहरूले रोजगारदाताहरू सक्षम नहुँदासम्म सरकारले लागु गर्न खोजेको सामाजिक सुरक्षा योजना कार्यान्वयन हुन नसक्ने बताएका थिए । 

उनीहरूले राज्यले रुग्न बनेको उद्योगको जिम्मामा कोष जम्मा गर्ने काम छाडेर श्रमिकहरूको जिम्मेवारीबाट राज्य उम्कन खोजेको आरोपसमेत लगाएका थिए । उद्योगीहरुले राज्यले स्पष्ट उद्योग नीति नबनाउँदै सामाजिक सुरक्षा योजना लागू गर्न खोज्नु गलत भएको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्