१४ असार २०८३, आइतबार

शिवम् सिमेन्टस् लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटा नियुक्त

फागुन २८, २०७५
शिवम् सिमेन्टस् लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटा नियुक्त

काठमाडौं – शिवम् सिमेन्टस् लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटालाई नियुक्त गरेको छ ।

देवकोटाले विगत २२ वर्षदेखि नेपालको विभिन्न उद्योग तथा मल्टिनेसनल कम्पनीको व्यवस्थापकीय कार्य अनुभव हासिल गरेका छन् । साथै उनी करीब ४ वर्षदेखि शिवम् सिमेन्टमा आवद्ध छन् ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवकोटा लामो समयदेखि नेपाली विभिन्न उद्योग तथा मल्टिनेसनल कम्पनीजस्तै नेस्टले ईन्डिया लिमिटेड, नेपाल लिभर लिमिटेड, वरुण विभरेज नेपाल प्रालि, नेविको विस्कुट लिमिटेड, चौधरी ग्रुप नेपाल प्रालि र शिवम् सिमेन्टस् लिमिटेड समेतमा विभिन्न क्षेत्रको व्यवस्थापकीय कार्य अनुभव हासिल गरेका कुशल व्यवस्थापक रहेको कम्पनीले जनाएको छ । 

सजन देवकोटाको कार्यकालमा कम्पनीले थप उचाइ प्राप्त गरी नेपालको क्लिंकर तथा सिमेन्ट उद्योगको जगतमा शिवम् सिमेन्टको सबै कोणबाट अग्रस्थान कायम राख्न सदा सफल हुने कम्पनीले विश्वास लिएको छ । उनको लामो व्यवस्थापकीय कार्य अनुभव, कार्य कुशलता तथा टीमवर्क प्रतिको विश्वासनीयताको उपयोगबाट कम्पनीले लिएका समग्र लक्ष्यहरू सहजै हासिल होस् भन्ने भावनाका साथ नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कम्पनीले उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

देवकोटालाई शिवम् सिमेन्टस् लिमिटेडको कम्पनी सञ्चालक समितिको ५१ औं बैठकले मिति २०७५ चैत्र १ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

शिवम् सिमेन्ट लिमिटेड सन् २००९ देखि नेपालको केन्द्र भाग हेटौंडामा स्थापित भई अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गर्दै आएको छ । 

शिवम् सिमेन्टस् लिमिटेड हालै सर्वसाधारणमा प्रिमियम मूल्यमा शेयर जारी गर्ने निजी क्षेत्रको पहिलो पब्लिक लिमिटेड कम्पनी बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्