
काठमाडौं -चैत्र २९ गते गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ यूनिटले प्रचारप्रसारलाई तिव्रता दिएको छ ।
फिल्म यूनिट प्रचारप्रसारका लागि हेटौडा पुगेको छ । हेटौडामा जारी औद्योगिक मेलामा पुगेर नायक सलिनमान बनियाँ, सलोन लगायतले प्रस्तुती दिएका थिए ।
फिल्मका कलाकारहरुलाई हेर्न २० हजार बढी दर्शक मेलास्थल पुगेका थिए । कलाकारहरुलाई दर्शकले तालि र हुटिङले भब्य स्वागत गरेका थिए ।

डेब्यू फिल्म ‘ए मेरो हजुर २’बाट नै दर्शकमाझ लोकप्रिय बनेका सलिनले मेलामा ‘यात्रा’ फिल्ममा समावेश गीत ‘चट्ट रुमाल क्या मालुम’मा नृत्य गर्नुका साथै फिल्मको डायलग समेत सुनाए । त्यस्तै सलोनले फिल्ममा आफ्नो भूमिकाको बारेमा प्रस्ट्याउँदै यात्रा हेर्न दर्शकलाई आग्रह गरेका थिए । उनले पनि फिल्ममा समावेश डाइलग प्रस्तुत गरेका थिए ।
फिल्मका प्रस्तुतकर्ता केशव भट्टराईले मेलामा दर्शकले देखाएको मायाले उत्साहित बनाएको बताए ।
सलिन, सलोनसंगै मलिका महत, जान्हवी बस्नेत, रेअर राई, विशाल सापकोटा, प्रेक्षा बज्राचार्य सहित निर्माता सुशील पोखरेल र प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिज कुमार श्रेष्ठ लगायत मेलास्थल पुगेका थिए ।
फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन ।