०२ असार २०८३, मंगलबार

५१ जनाको ज्यान जानेगरी काठमाडौंमा यूएस बंगलाको विमान दुर्घटनाको एक वर्ष पूरा

फागुन २८, २०७५
५१ जनाको ज्यान जानेगरी काठमाडौंमा यूएस बंगलाको विमान दुर्घटनाको एक वर्ष पूरा

काठमाडौं –५१ जनाको ज्यान जानेगरी  यूएस बंगला एयरको विमान दुर्घटना भएको आज एकवर्ष पूरा भएको छ । २०७४ फागुन २८ गते सोमवार दिउँसोको १ बजेर ५७ मिनेटको समयमा विमान दुर्घटनामा परेको थियो । डीएच ८ डी (फ्लाइट नम्बर बीएस २११) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइमार्गमा दुर्घटनमा परेको थियो । 

६७ यात्रु र चालकदलका ४ सदस्यसहित ७१ जना बोकेर ढाकाबाट काठमाडौं उडेको यूएस बंगलाको विमान दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो । दुर्घटनामा २२ जना नेपाली २८ जना बंगलादेशी र १ चिनियाँ नागरिकको मृत्यु भएको थियो । २० जना घाइते भएका थिए ।  

नेपालको हवाइ इतिहासमा त्यो ८५औं दुर्घटना थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भएको पहिलो ठूलो दुर्घटना पनि थियो । दुर्घटनाको जाँचबुझ गर्न सरकारले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले गएको भदौ २० गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारीलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा यूएस बंगला एयरलाइन्स दुर्घटना मुख्य कारण पाइलटको कमजोरी देखाइएको छ । पाइलटले सामान्य संयमता अपनाउन नसक्दा उक्त दुर्घटना हुन पुगेको समितिले ठहर गरेको छ । पाइलटले अवतरणका क्रममा रनवेको एलाइन छाडेको र तत्कालीन अवस्थामा सावधानी नपअपनाउँदा दुर्घटना भएको प्रतिवेदनमा औंल्याइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्