०४ साउन २०८३, सोमबार

सरकारद्वारा विप्लव समूहमाथि प्रतिवन्धको निर्णय

फागुन २८, २०७५
सरकारद्वारा विप्लव समूहमाथि प्रतिवन्धको निर्णय

काठमाडौं- सरकारले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका क्रियाकलापमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।

विप्लव समूहका क्रियाकलाप आतंककारी र आपराधिक भएको निश्कर्ष सहित उसमाथि प्रतिवन्धको घोषणा गरेको हो । 

मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले विप्लव समूहका क्रियाकलापमा रोक लगाउने निर्णय गरेको हो ।

विप्लव समूहका क्रियाकलापलाई कडाइका साथ नियन्त्रण गर्ने निर्णय भएको मन्त्रिपरिषद् स्रोतले जानकारी दियो । 

गत शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई लुटेराको संज्ञा दिएका थिए । 

पछिल्ला दिनमा सार्वजनिक स्थानमा विस्फोटका घटना गराउँदै हिँडेपछि विप्लव समूहप्रति सरकारले कठोर रणनीति अख्तियार गर्न लागेको हो । 

salt training

कमेन्ट गर्नुहोस्