३१ असार २०८३, बुधबार

विप्लवलाई प्रतिबन्ध लगाइएको भोलिपल्टै चितवनमा बम विस्फोट

फागुन २९, २०७५
विप्लवलाई प्रतिबन्ध लगाइएको भोलिपल्टै चितवनमा बम विस्फोट

काठमाडौं– प्रदेश नम्बर तीन अन्तर्गतको चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्वर ५ को कार्यालयमा बम बिस्फोट भएको छ । 
बुधबार बिहान शक्तिशाली सिलिण्डर बम बिस्फोट भएको छ । बम विस्फोट कसले गराएको हो भन्नेबारे अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

बिस्फोटका कारण वडा कार्यालय भवन क्षतिग्रस्त भएको भएपनि कुनै मानवीय क्षति भने भएको छैन । 
सरकारले मंगलबारमात्रै विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । केही सातायता विप्लवको गतिविधि आक्रमक बन्दै गएको अवस्थामा यो विस्फोटमा पनि विप्लव समूहकै हात रहेको आशंकासहित प्रहरीले अनुसन्धान थालेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्