
काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि लिएको विशेष परीक्षामा सहभागी चिकित्साशास्त्रमा एमडी/एमएस/एमडीएस उत्तीर्ण १ सय ५० डाक्टरमध्ये १ सय १० जना फेल भएका छन् । चीनबाट पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल भएका हुन् ।
नेपालमा चिकित्सकीय अभ्यासका लागि अनुमति प्रदान गर्न लिइने विशेष परीक्षामा उनीहरू उत्तीर्ण हुन नसकेका हुन् ।
काउन्सिलले चीनको सरकारी विश्वविद्यालयमा समस्या नरहे पनि निजीमा डाक्टरी पढाइका लागि विद्यार्थी नपठाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई सुझाव दिएको छ । कान्तिपुर दैनिकमा खबर छ।