एजेन्सी- बलिउड सुपरस्टार अमिताभ बच्चन चाँडै नै 'आँखे २'मा देखिने भएका छन् । सन् २००२ मा अमिताभको फिल्म आँखे रिलिज भएको थियो ।
आँखे सुपरहिट भएपछि निर्देशकले फिल्मको सिक्वल बनाउने बताएका थिए । सिक्वेलमा ज्याकलिन फर्नान्डिज पनि देखिन सक्ने बताइएको छ ।
फिल्मको शूटिङ चाँडै नै शुरू हुँदैछ । सन् २००२ मा रिलिज भएको आँखेमा अमिताभका अलवा अक्षय कुमार, अर्जुन रामपाल र परेश रावलको मुख्य भूमिका रहेको थियो ।
फिल्ममा सुस्मिता सेन पनि मुख्य भूमिकामा देखिएकी थिइन् ।
तस्वीर : बलिउड तड्का