
काठमाडौं- अभिनेत्री रेखा थापाले सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएकोप्रति आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।
बुधवार अभिनेत्री थापाले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेर विप्लवलाई प्रतिबन्ध लगाएर नेपाली जनता तर्साउन खोजेको हो ? भनेर प्रश्न गरेकी छन् ।
उनले लेखेकी छन्, 'यो सरकार कसले चलाएको छ ? जबरजस्ती युद्ध थोपर्न पो थाल्यो ! देशभक्त 'विप्लव'माथि प्रतिबन्ध र सीके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो ? प्रतिवाद हुने निश्चित छ ।'
सरकारले मंगलवार नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।