०९ असार २०८३, मंगलबार

बिहेमा खाना पकाउँदै गर्दा ग्यास सिलिण्डर पड्कियो, १५ लाख मूल्य बराबरको क्षति

फागुन २९, २०७५
बिहेमा खाना पकाउँदै गर्दा ग्यास सिलिण्डर पड्कियो, १५ लाख मूल्य बराबरको क्षति
सांकेतिक तस्वीर

लहान- बिहेमा खाना पकाउँदै गर्दा ग्यास सिलिण्डर पड्केर सिरहाको लहान नगरपालिकामा गएराति आगलागी हुँदा करीब १५ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।

लहान नगरपालिका २२ गम्हरिया निवासी राधेश्याम चौधरीको घरमा बिहे भोज बनाइरहँदा अचानक ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा बिहेको लागि ल्याएको नगद, सुनचाँदी र सरसामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए । 

आगलागीबाट चौधरीले छोरीको बिहेका लागि ल्याएका रु आठ लाख बराबरको सरसामान, रु दुई लाख नगद र रु डेढ लाखको सुनचाँदी जलेर नष्ट भएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

घरबाट आगो सल्केर चौधरीसहित छिमेकी दुखी चौधरी, बालकृष्ण चौधरीको एक/एक घर र खाद्यान्न गरी करीब रु १५ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र लहान नगरपालिकाको दमकलले दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्